फूलकाे आँखामा फूलै संसार...

गुरु द्रोणको आश्रममा पाण्डव र कौरव शिष्यहरूले शस्त्रविद्यामा राम्रै प्रगति गरिरहेका थिए । गुरु पनि प्रसन्न थिए । उनी आफ्ना शिष्यहरूको योग्यता जाँच्न अनेक परीक्षा लिन्थे । एकदिन गुरु द्रोणाचार्यले शिष्यको परीक्षा लिने विचार गरे ।

उनले दुर्योधनलाई बोलाएर भने— दुर्योधन, तिमी नजिकको गाउँबाट एकजना असल मान्छे खोजेर ल्याऊ । ‘हवस् गुरुदेव’ भन्दै दुर्योधन निस्किए । केही दिनपछि उनी एक्लै आश्रममा फर्किए । गुरुको अगाडि हात जोडेर उनले भने— गुरुदेव, मैले धेरै गाउँ र सहरको भ्रमण गरेँ । तर, कुनै असल मानिस भेट्न सकिनँ । 

ठिकै छ, तिमी दुःखी नबन भन्दै गुरुले युधिष्ठिरलाई बोलाए । उनले भने— युधिष्ठिर, तिमी आसपासको गाउँमा जाऊ र एकजना खराब मानिस खोजेर ल्याऊ । ‘हवस् गुरुदेव’ भनेर बाटो लागे । केही दिनपछि उनी पनि एक्लै आश्रममा फर्किए । गुरुले सोधे— युधिष्ठिर, तिमीले मैले भनेअनुसार खराब मानिस ल्यायौ त ?

हात जोडेर युधिष्ठिरले भने— गुरुदेव, मैले सबैतिर खराब मान्छे खोजेँ तर त्यस्तो मान्छे कतै पनि पाइनँ । सबै राम्रै राम्रा मान्छे मात्र भेटिए । युधिष्ठिरको कुरा सुनेर सबै शिष्यले सोधे— गुरुदेव, दुर्योधनले कोही पनि असल मान्छे भेटेनन् भने युधिष्ठिरले खराब मानिस भेटेनन् । यो कसरी सम्भव भयो ?मुसुक्क मुस्कुराउँदै द्रोणले भने— यो सब आआफ्नो दृष्टिको प्रभाव हो । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भनेको यही हो । 





  • प्रकाशित मिति : भदौ १९, २०७६ बिहीबार ०:११:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया