सनी देओलका छोरा करण बलिउडमा डेब्यु गर्दै

एजेन्सी– ख्यातिप्राप्त बलिउड अभिनेता सनी देओलका छोरा करण देओल बलिउडमा प्रवेश गर्ने भएका छन् । सनी देओलकै निर्देशनमा रहेका चलचित्र ‘पल पल दिलके पास’बाट उनले डेब्यु गरेका हुन् । करणसँगै अभिनेत्री सहर बाम्बा पनि यसै फिल्मबाट डेब्यु गर्दै छिन् । 

सनी देओलले आफू पछिल्ला दुई वर्षयता यही फिल्मको निर्देशनमा खटिरहेकाले फिल्मबाट निकै आशावादी रहेको बताएका छन् । 

डेब्यु फिल्मबाट करण दर्शकको मन जित्न सफल हुन्छन् या हुँदैनन् त्यो भने फिल्म रिलिज भए पछि मात्रै थाहा हुने छ । तर, दर्शकहरुले यस फिल्मको ट्रेलर भने मन पराएका छन् ।

त्यसो त यो फिल्म सनीका लागि पनि अग्निपरीक्षा हुनेछ । सनी देओलको निर्देशन रहेको यो तेस्रो फिल्म हो । यसअघि उनले ‘घायल वान्स अगेन’ र ‘दिल्लगी’ फिल्मको निर्देशन गरेका थिए । रोमान्टिक प्रेम कथामा आधारित ‘पल पल दिलके पास’ २० सेप्टेम्बरमा रिलिज हुनेछ । 

यस्तो छ ट्रेलर

 





  • प्रकाशित मिति : भदौ १९, २०७६ बिहीबार १७:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया