ट्याटु खोप्दै हुनुहुन्छ ? याद राख्नुस्, ट्याटुबाट एलर्जीको खतरा हुन्छ


अहिले संसारभर ट्याटुको क्रेज बढ्दो छ । पछिल्ला केही वर्षमा त यो क्रोज ह्वात्तै बढेको देखिन्छ । आकर्षक देखिन प्रायः युवाहरु विभिन्न अङ्गमा थरीथरी डिजाइनका ट्याटु खोपिरहेका छन् । 

अमेरिकामा ‘प्यु रिसर्च सेन्टर’ले गरेको एक अध्ययनले १८ देखि २९ वर्ष उमेर समूहका ४० प्रतिशत युवाले कम्तीमा एउटा ट्याटु खोपेका छन् । युवा पुस्तामा जमेको ट्यटु कल्चर अहिले किशोर र प्रौढ पुस्तामा पनि बढिरहेको विभिन्न अध्ययनले देखाएका छन् ।

तर, आकर्षण थप्न बनाइएका यी ट्याटुले हाम्रो शरीरलाई कत्तिको लाभ या हानि गरिरहेको छ भन्नेतर्फ सायद हामी सोचिरहेका छैनौँ । 

वैज्ञानिकहरुका अनुसार चम्किलो रंगको ट्याटु बनाउँदा प्रयोग हुने मसीले एलर्जीको खतरा हुन्छ । यो मसीमा हुने धातुले हाम्रो शरीरको प्रतिरक्षामा सघाउने ‘लिम्फ नोड्स’लाई असर गर्छ, जसका कारण छालामा एलर्जी हुन सक्छ । 

एक नयाँ अध्ययनमा पाइएको छ कि ट्याटु खोप्न प्रयोग हुने स–साना सुईबाट विभिन्न धातु हाम्रो शरीरमा प्रवेश गर्छन् र ‘लिम्फ नोड’मा गएर जम्मा हुन्छन् । जसले गर्दा शरीरमा एलर्जीको समस्या देखिन्छ । 

लिम्फ नोडमा भेटिए धातुका कण 



फ्रान्सको ग्रेनोबलमा युरोपियन सिंक्रोट्रान रेरिडयसन फेसिलिटीका वैज्ञानिकले ट्याटु खेप्नेहरुको लिम्फ नोडमा निकेल र क्रोमियम धातु फेला पारेका छन् । शरीरमा भेटिएका यी धातु एलर्जीका लागि जिम्मेवार हुन्छन् । ट्याटु खोप्दा एक रंगीन पदार्थको प्रयोग गरिन्छ, जुन हाम्रो शरीरमा सुईको माध्यमबाट प्रवेश गर्छ । 



  • प्रकाशित मिति : भदौ १९, २०७६ बिहीबार १९:२५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया