काठमाडौं– सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाउने निर्णय गरेको छ । अब शनिबारदेखि लागु हुने गरि दूधको मूल्य ६ रुपैयाँ बढी हुनेछ ।
दूग्ध विकास संस्थानका निमित्त महाप्रबन्धक शैलेन्द्र कुमार घिमिरेले यो जानकारी दिएका छन् । उनले आज दूधको मूल्यको सूची सार्वजनिक गर्ने बताएका छन् ।
लिटरमा ६ रुपैयाँ बढेसँगै अब बजारमा पाइने आधा लिटर दूधका प्याकेट ३ रुपैयाँ महंगा पर्नेछन् । कृषिमन्त्रीले दूधको मूल्य बढाउने फाइल स्वीकृत गरिसकेका छन् ।
बढेको मूल्यमा ६९ प्रतिशत किसानलाई दिइने र ३१ प्रतिशत व्यवसायीले लिने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।