वीरगञ्जमा १५ वर्षीया किशोरीमाथि एसिड प्रहार

वीरगञ्ज– वीरगन्ज महानगरपालिकामा एक १६ वर्षीया किशोरीमाथि शुक्रबार विहान एसिड प्रहार भएको छ । 

त्रिभुवन हनुमान मावि कक्षा ९ मा पढ्ने १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । उनी विद्यालय जाँदै गरेको समयमा गणेशमान चोकमा एसिड प्रहार भएको स्थानीय पत्रकार शंकर आचार्यले फरक धारलाई बताए । कान्तिपुरका वीरगञ्ज संवाददाता आचार्यका अनुसार एसिड प्रहारका कारण खातुनको अनुहार, छाती तथा हात जलेको प्रहरीले जनाएको छ ।

प्रहरीले एसिड प्रहार गरेका एक व्यक्तिलाई नियन्त्रणमा पनि लिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको र फरार एक जनालाई खोज्ने कार्य तीव्र गतिमा भएको जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २०, २०७६ शुक्रबार १०:३७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया