एजेन्सी– जिम्बावे स्वतन्त्र भएपछि राष्ट्रपति निर्वाचित भएका राेबर्ट मुगाबेकाे निधन भएकाे छ ।
उनी ९५ वर्षका थिए ।
उनी लामाे समयदेखि विरामी थिए र उनकाे उपचार सिंगापुरकाे अस्पतालमा भइरहेकाे थियाे । पारिवारिक स्राेतका अनुसार उनी अप्रिलमा अस्पतालमा भर्ना भएका थिए ।
सन् २०१७ मा जिम्बावेमा सैन्य कूमा मुगाबे अपदस्थ भएका थिए ।
जिम्बाबे स्वतन्त्र भएपछि उनले पहिलाे पटक सन् १९८० मा प्रधानमन्त्रीकाे निर्वाचन जितेका थिए । उनले सन् १९८७ मा प्रधानमन्त्री पदलाई नै हटाए र आफैं राष्ट्रपति बने ।
उनकाे सुरुवाती कार्यकालकाे निकै धेरै प्रशंसा भएकाे थियाे ।
सन् १९२४ मा जन्मिएका मुगाबेले सरकारकाे आलाेचना गरेपछी सन् १९६४ देखि सन् १९७४ सम्म जेलजीवन बिताउनु परेकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।