पाँच वर्षसम्म केपी ओलीकै नेतृत्वमा सरकार: झलनाथ खनाल

भद्रपुर — पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताएका छन् ।

चन्द्रगढीमा आज प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ ।'

वरिष्ठ नेता खनालले पार्टी एकीकरणको विषयले एक वर्षसम्म पार्टीका काममा केही गतिरोध आए पनि एकताका प्रक्रिया केन्द्रदेखि गाउँ–टोलसम्म नै टु‌ंगिसकेकाले सबै तहका कमिटीहरु अब पूर्णरुपमा चलायमान हुने भन्दै मुलुकको विकास र समृद्धिका लागि अब तीनै तहका सरकारलाई गतिशील बनाउनु पर्ने बताए ।

वर्तमान सरकारले संविधान कार्यान्वयन, सङ्घीय शासकीयस्वरुपअन्तर्गतका ऐन–कानून निर्माण र लागू गर्ने सन्दर्भमा उल्लेख्य काम गरेको उल्लेख गर्दै उनले सरकारले ल्याएका केही विधेयक विवादस्पद देखिएकाले ती विधेयकका विषयमा छलफल गरेर अघि बढ्नुपर्ने बताए ।

नेता खनाल आजदेखि भद्रपुर जेसिजको आतिथ्यमा भद्रपुरमा हुनलागेको नेपाल जेसिजको क्षेत्र ‘क’ सम्मेलनको उद्घाटनका लागि झापा आएका हुन ।





  • प्रकाशित मिति : भदौ २०, २०७६ शुक्रबार ११:३८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया