काठमाडौं– त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार लिने तयारी गरेको एमबिबिएसको प्रवेश परीक्षा रोकिने भएको छ । शुक्रबार सर्वोच्चले सो परीक्षा रोक्न अन्तरिम आदेश दिएपछि शनिबार परीक्षा नहुने निश्चित भएको हो ।
चिकित्सा शिक्षा ऐनविपरीत ती संस्थाले प्रवेश परीक्षा लिन लागेको भन्दै आयुष ओझालगायत केही विद्यार्थीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्काल परीक्षा रोक्न अन्तरिम आदेश दिएको हो ।
अदालतले दुवै पक्षलाई राखेर छलफल गर्नुपर्ने भएकोले परीक्षा रोक्न अन्तरिम आदेश दिएको जनाएको छ । छलफलका लागि सर्वोच्चले भदौ २५ गते दुवै पक्षलाई बोलाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।