प्रियंकाले भनिन्– बाबुले दिएको हीराको औंठी सबैभन्दा ठूलो सम्पत्ति

एजेन्सी– बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय खासै भारतीय मिडियामा आएकी छैनन् । यसको अर्थ के होइन भने उनलाई फलो गर्न नै छोडिएको छ । अहिले चाहिँ एउटा पत्रिकालाई प्रियंकाले दिएको अन्तर्वार्ता निकै चर्चामा आएको छ । अन्तर्वार्तामा प्रियंकाले आफूले विवाहमा पाएको मंगलसुत्र र बाबुले दिएको हीराको औंठी सबैभन्दा ठूलो सम्पत्ति भएको बताएकी छिन् । 

‘मेरो मंगलसु, जो एक नेकलेस जस्तै भारतीय विवाहमा दुलहीलाई पहिराइन्छ,’ सबैभन्दा ठूलो सम्पत्ति के हो जस्तो लाग्छ भन्ने प्रश्नमा उनले भनेकी छिन्, ‘र, एउटा हीराको औंठी जुन मलाई बुबाले दिनुभएको हो, मलाई अत्यन्त ठूलो सम्पत्ति मात्र होइन, मेरो भाग्य बढाउने सामान पनि हुन् भन्ने लाग्छ ।’

प्रियंका चोपडाको आगामि फिल्म ‘द स्काइ इज पिंक’ १३ सेप्टेम्बरमा टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा स्क्रिनिङ हुँदैछ । 





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार १४:१३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया