एजेन्सी– बलिउड अभिनेता ऋतिक रोशनले अभिनेत्री क्याट्रिना कैफको खुलेर प्रशंसा गरृका छन् । उनले कैफ अत्यन्त मेहनेती युवती भएको र उनलाई मेहनेतमा नै विश्वास भएको बताएका हुन् ।
ऋतिकले यो कुरा हिन्दुस्तान टाइम्सको मिट एसिया लिडरसिप समिट सिंगापुरमा बताएका हुन् । ‘क्याट्रिनाले जहिले पनि अत्यन्त धेरै राम्रो काम गर्छिन्, उनले भनेका छन्, ‘उनले आफ्नो काम पर्फेक्ट बनाउन जति मेहनेत गर्छिन्, त्यति मैले अरु कसैले पनि गरेको देखेको छैन । उनी मेरालागि बेस्ट हुन् ।’
ऋतिकले क्याट्रिनामा एउटा मेहनती स्वभाव रहेको र उनले राम्रो काम गर्नेमा विश्वास राख्ने पनि बताएका छन् । उनले आफूले क्याट्रिनासँग काम गर्न निकै सहज महसुस गर्ने गरेको पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।