काठमाडौं । नेपाल टेलिकमकाे जिएसएम मोबाइल सेवामा शनिबार रातिदेखि समस्या देखिन सक्ने जनाउँदै टेलिकमले एक सूचना जारी गरेकाे छ ।
आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने जनाउँदै टेलिकमले सकारात्मक सहयोग गर्न आमग्राहकसँग आग्रह गरेको छ ।
सिस्टम अपग्रेडका क्रममा सेवामा कुनै समस्या आए मोबाइल अफ गरेर पुनः अन गर्न कम्पनीले सुझाब दिएको छ । शनिबार राति ११.३० बजेबाट मोबाइल सेवामा केही समस्या देखिन सक्ने कम्पनीले बताएको छ ।
आगामी माघसम्म देशभर नै टेलिकमकाे फोर-जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् । हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ ।
टेलिकमले मुख्य सहरमा फोरजी सेवा विस्तारका लागि विभिन्न प्राविधिक काम गरिरहेको छ । यसैक्रममा मोबाइल सेवा प्रभावित हुन सक्ने टेलिकमको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।