भगवान श्रीगणेशले गरिदिन्छन् सबै समस्याबाट टाढा

एजेन्सी– भगवान श्रीगणेशलाई बुद्धि प्रदान गर्ने भगवानका रुपमा पनि लिइन्छ । कुनै पनि शुभकार्य उनको पूजा नगरी पूरा हुनसक्दैन । उनको कृपा पाएमा सबै दोषहरुबाट मुक्ति मिल्ने विश्वास गरिन्छ । वास्तु शास्त्रमा भगवान श्रीगणेशको कृपा पाउनका लागि कयौँ उपाय बताइएको छ । 

भगवान श्रीगणेशको पूजा गर्ने समयमा वा दर्शन गर्दा मात्र पनि मुख पूर्व वा उत्तर दिशामा हुनु आवश्यक छ । श्रीगणेशको पीठको दर्शन कहिल्यै गर्नु हुँदैन । सधैं उनको अगाडिबाट नै दर्शन गर्न सल्लाह दिइएको छ । 

अरु भगवानभन्दा श्रीगणेशको विषयमा के सोच्नु पर्छ भने घरमा सबै मूर्तिहरु श्रीगणेशको राख्नुहुँदैन । पूजा गर्ने ठाउँमा एक श्रीगणेशको मूर्ति राख्दा हुन्छ । पहेँलो रंगमा श्रीगणेशको मुर्तीलाई सबैभन्दा राम्रो मानिन्छ । 

अनि घरमा श्रीगणेशको मुर्ति राख्दा सधैं बसेका श्रीगणेशको मूर्ति राख्नु पर्ने हुन्छ । यसले परिवारमा सुख तथा शान्ति आउँछ ।





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार १८:५७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया