कुन उमेरमा पुगेपछि बढी आशावादी हुन्छन् मानिस ?

एजेन्सी– लामो समय बाँच्ने इच्छा धेरैलाई हुन्छ । तर स्वस्थ्य भएर धेरै वर्ष बाँच्ने उपाय के हो त भन्नेबारे कसैले पनि बुझेको छैन । तर, अब विस्तारै यो राजको कारण पनि बाहिर आउन थालेको छ । 

हालै भएको एक अध्ययनले यो खुलासा गरेको हो । यो अध्ययनका अनुसार जीवनप्रति आशावादी मानिसहरु नै लामो समय बाँच्छन् । 

बोस्टन विश्वविद्यालयमा गरिएको यो अध्ययनका अनुसार मानिस सबैभन्दा बढी आशावादी ८५ वर्षको जन्मदिनमा हुन्छन् । यो प्रोसिडिंग्स अफ नेसनल एकेडेमी जर्नलमा पनि छापिएको विषय हो । यो अध्ययनमा ७० हजारभन्दा धेरै महिला र पुरुषलाई उनीहरुको विषयमा सोधिएको थियो । निष्कर्षमा शोधकर्ताहरुले पाएका छन् कि जीवनप्रति जसले धेरै आशा राख्छ, उनीहरु अरुभन्दा बढी बाँच्ने सम्भावना १५ प्रतिशतले बढी हुन्छ र उनीहरुले आफ्नो ८५ औं जन्मदिन पनि मनाउन सक्छन् ।





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार १९:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया