काठमाडौं । चरिपरिचित युवा आख्यानकार अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ लोकार्पण गरिएको भएको छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार सो कृतिको लोकार्पण गरियो ।
साहित्यकार कृष्ण धरावासी, नायिका केकी अधिकारी र लेखक न्यौपानेले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका थिए ।
न्यौपाने मदन पुरस्कार विजेता लेखक हुन् । उनको ‘सेतो धरती’ उपन्यासले मदन पुरस्कार पाएको थियो ।
फाइनप्रिन्टले प्रकाशनमा ल्याएको ‘गुलाबी उमेर’को मूल्य ४९८ रुपैयाँ राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।