सलमान साइकलमा, भिडियाे भाइरल

एजेन्सी— मुम्बईमा भएको वर्षाले बलिउडका कलाकारलाई फिल्म सुटिङमा जान समस्या परेको छ । बलिउडका दबंग हिरो सलमान खान वर्षाकै कारण शुक्रबार फिल्म सुटिङका लागि घरबाट साइकलमा निस्किए । सलमानले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै ‘दबंग ३’ को सुटिङका लागि साइकलमा गएको बताएका छन् । 

सलमानलाई सडकमा देखेर उनका प्रशंसक भने निकै खुशी भएका थिए । उनले पोष्ट गरेको भिडियोमा धेरैले उनीसँग सेल्फी खिचेका थिए । भिड भएको ठाउँमा सलमानले साइकल चलाएको पहिलो पटक भने होइन् । सलमान बेला-बेलामा साइकल लिएर बाहिर निस्कने गर्छन् ।





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार १९:१५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया