सलमानलाई यसकारण थप्पण हानेका थिए उनका शिक्षकले

एजेन्सी– बलिउड अभिनेता सलमान खान खासै बोल्दैनन् आफ्नो विषयमा । उनी निजी विषयमा कहिल्यै नबोल्ने अभिनेतामा पर्छन् । तर, उनले शिक्षक दिवसको अवसरमा ती शिक्षकहरुबारे बताएका छन् जसले उनको जीवनमा विशेष भूमिका निर्वाह गरेका थिए । 

‘मेरा स्कुलका प्रिन्सिपल फादर अलियो मेरा सबैभन्दा मन पर्ने शिक्षक थिए । उनी मलाई निकै माया गर्थे । १० कक्षा पास गरेपछि उनलाई म आफू आर्ट्स पढ्छु भनेको थिएँ,’ सलमानले सम्झिएका छन्, ‘तर, मैले साइन्स पढेँ । मेरो बुबा पनि मैले साइन्स पढ्छ भन्नेमा विश्वास गर्नुहुन्थेन । एकदिन फादर अलियो मेरो घरमा आउनु भएको थियो । त्यहाँ जब बुबाले मलाई आर्टस् पढ्दैछ भन्ने अलियोलाई भन्नुभयो, उहाँले मलाई त्यहाँ नै जोडले थप्पड हान्नुभयो ।’

आफ्नो बाबु र फादर अलियो दुवैले आफ्नो रुचि बुझेको र त्यसैले आफूले साइन्स पढ्नुको साट्टो आर्ट्स नै पढ्नु पर्ने थियो भन्ने महसुस त्यति बेला नै सलमान खानलाई भएको रहेछ । 





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार २१:४६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया