जसले तिरे एउटा बियरको ८० लाख

एजेन्सी– म्यानचेस्टरको एउटा होटलले अष्ट्रेलियाका पत्रकारसँग एउटा बियरको ८० लाख नेपाली रुपैयाँ लिएको छ । पत्रकार पिटर लालोर अष्ट्रेलियाको एक अखबारका लागि खेल सम्पादक हुन् । उनी अहिले एशेज टेस्ट सिरिज कभर गर्न बेलायत गएका छन् । होटलमा उनले साथीहरुसँग बसेर एउटा बियर अर्डर गरेका थिए । 

जब उनले बिल तिरे, उनी खासमा कति पेमेन्ट भएको छ भन्ने पनि ख्याल गरेनछन् । उनले त बिल नै नहेरी आफ्नो कार्ड दिएर यो पैसा तिरेका रहेछन् । तर, त्यहाँ नै जब एक स्टाफले त्यो स्लिप देखे, तब उनले पिटरलाई भनेछन्– तपाईंसँग त ८० लाखभन्दा बढी लिइएको रहेछ नि !

तब त पिटर पनि अचम्ममा परे । बिल लिएर उनी म्यानेजरकहाँ पुगेछन् । यसै पनि गल्ती भएको बिल सुधार गरेर पिटरलाई पैसा फिर्ता गर्ने ती म्यानेजरले आश्वासन दिएका छन् । 





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार २१:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया