दीपाश्रीलाई लाग्दैन उनी महिलामाथि अन्याय गर्दै छिन्

काठमाडौं– नेपालमा महिला निर्देशक सफल भएको औंलामा गन्न सकिन्छ । त्यस्तै मध्ये एक हुन्, निर्देशक दीपाश्री निरौला । उनले सह निर्देशन वा निर्देशन गरेका फिल्मले नेपाली दर्शकबाट राम्रो रेस्पोन्स पाएका छन् । 

तर, फेरि पनि दीपाश्रीलाई कहिलेकांही आरोप लाग्छ, उनी महिला भएर पनि नेपाली महिलालाई आफ्ना फिल्ममा कमजोर देखाइरहेकी छिन् । यसबारे उनले खासै धेरै बोल्दै आएकी पनि छैनन् । तर, हालै एक पत्रिकामा अन्तर्वार्ता दिँदै दीपाश्रीले भनेकी छिन्, ‘मैले महिलालाई कमजोर बनाएकी होइन। तर, कथाले मागेका सिन कथाले मागेका सिन कहिलेकाहीँ ग्ल्यामरस देखिन सक्छन् । त्यस्ता सिनमा पात्रलाई ‘प्ले’ गराउनेभन्दा भिजुअलबाट बुझाउन कोसिस गर्छु ।’

दीपाश्री यतिमै रोकिएकी छैनन् । उनले त बरु छक्कापन्जा फिल्ममा दीपक गिरीलाई प्रियंकाले फनफनी घुमाएको देखाएको दाबी गरेकी छिन् । यही आडमा उनले भनेकी छिन्, उनले महिला पात्रलाई बलियो बनाउँदै ल्याएकी छिन् । त्यसैले उनले आफूले महिला पात्रमाथि आन्याय नगरेको बताएकी छिन् ।





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार २२:५६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया