पुस्पनको प्यारो ठाउँ अनामनगर

काठमाडौं– गायक पुस्पन प्रधान नेपाली सांगीतिक बजारमा अहिले चलेको नाम हो । पश्चिम बंगालको डुबर्समा जन्मेका पुस्पनलाई फलो गर्ने नेपाली स्रोता निकै बढ्न थालेका छन् । 

त्यसैले पछिल्लो समय उनी नेपालमा आफ्ना कार्यक्रम गर्न निकै व्यस्त छन् । कहिले उनी काठमाडौंमा कार्यक्रम गरिरहेका हुन्छन् त कहिले पूर्व पश्चिम पुगिरहेका हुन्छन् । 

काठमाडौंमा चाहिँ पुस्पनलाई मन पर्ने ठाउँ अनामनगर हो रे । काठमाडौंबाट प्रकाशित हुने एक पत्रिकामा दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘अनामनगरस्थित सिंहदरबार पूर्वी गेटअगाडि संगीतको माहोलमा रमाउन सकिन्छ, त्यो ठाउँ मलाई निकै मन पर्छ ।’





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार २२:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया