१७ वर्षमा कानुनमा डिग्री गरेका भारतीय चर्चित वकिलको निधन

एजेन्सी– भारतका चर्चित वकिल तथा अटल बिहारी वाजपेयी सरकारमा कानुनमन्त्री रहेका राम जेठमलानीको ९५ वर्षको उमेरमा निधन भएको छ । उनको आइतबार विहान निधन भएको हो । 

जेठमलानीले भारतमा कयौँ हाइप्रोफाइल मुद्दामा लडेका थिए । ती मुद्दामा लडे पछि उनको भारतमा निकै ठूलो प्रशंसा भएको थियो । 

उनी १४ सेप्टेम्बर १९२३ मा हालको पाकिस्तानमा जन्मिएका थिए । उनले १७ वर्षमा नै कानुनमा डिग्री सकाएका थिए । 

सन् १९५९ मा भारतमा चर्चित बनेको नानावती मुद्दामा जेठमलानीले आफ्नो पहिचान बनाएका थिए । त्यसपछि उनी त्यहाँ ‘क्रिमिनल ल प्राक्टिस’मा दिग्गज अनुहार बन्न थाले । उनका दुई छोरा र दुई छोरी छन् । 





  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार ९:४४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया