निद्रामा गडबढीका कारण पनि हुन्छ उच्च रक्तचाप

एजेन्सी– अब अधिकांश नेपालीहरुलाई उच्च रक्तचापबारे बताइरहनु पर्दैन । धेरैलाई पक्कै थाहा छ, रगतले हाम्रो नशामा सामान्य अवस्थामा भन्दा बढी दबाब दिँदा रक्तचाप उच्च भएको मानिन्छ । उच्च रक्तचाप खासमा अत्यन्त ठूलो समस्या हो । हामीले राम्रो जीवनशैली अपनाउन नसकेको खण्डमा उच्च रक्तचाप हुनसक्छ र यसले हामी सबैलाई समस्यामा पार्न सक्छ ।

यसले सबैभन्दा गम्भीर समस्या चाहिँ हाम्रो मुटुमा पार्न सक्छ । त्यस्तै मष्तिस्कमा पनि उच्च रक्तचापका कारण ठूलो समस्या हुनसक्छ । त्यसैले यसबारे गम्भीर हुन जरुरी छ । 
उच्च रक्तचाप नहोस् भन्नका लागि चाहिँ हामीले हाम्रो निद्राबारे पनि ख्याल गर्नुपर्छ । विभिन्न कारणले डिस्टर्ब भएको हाम्रो निद्राले पनि हामीलाई उच्च रक्तचापको समस्या निम्त्याउन सक्छ । 

त्यसैले चिकित्सकहरुले हाम्रो निद्रा राम्रो भएमा हामी उच्च रक्तचापको जोखिमबाट बच्न सक्ने सल्लाह दिएका हुन्छन् । हामीले यसबारे सोच्नु जरुरी छ । हामीले नियमित रुपमा राम्रो निद्रा लिनु जरुरी छ । 
 





  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार २१:१६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया