भिखारी खोज्दा गुगलले पाकिस्तानी प्रम इमरान खान देखाएपछि

एजेन्सी– केही समययता सर्च इन्जिन गुगलले भिखारी सर्च गर्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको फोटो देखाउन थालेको छ । यसलाई लिएर पाकिस्तान र भारतमा निकै ठूलो चर्चा भएको छ । 

भिखारी खोज्दा पाकिस्तानी प्रधानमन्त्री खानको तस्वीर कहिले देखि देखाउन थालिएको हो भन्ने एकिन त छैन । तर, यस्तो हुन थालेको कम्तिमा पनि २० दिन भएको हुनसक्ने अनुमान गरिएका छन् । 

गत वर्षमात्र ट्वाइलेट पेपर सर्च गर्दा गुगलमा पाकिस्तानको झन्डा आएको थियो । त्यसपछि यस विषयमा व्यापक बहस भएको थियो । तर, गुगलले यसमा आफ्नो गल्ती नभएको बताएको थियो । 

अहिले पाकिस्तान, भारत तथा अमेरिकी सर्भरहरुमा भिखारी खोज्दा इमरान खानका तस्वीरहरु आइरहेका छन् । यस विषयमा गुगलले चाहिँ कुनै जवाफ दिइसकेको छैन ।





  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार २१:१६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया