बन्दुक नै नभएकाे विश्व बनाउन सम्भव छ ?

केही दिन यता प्रत्येक दिन विभिन्न देशमा बन्दुकधारीका आक्रमण र त्यसका कारण ज्यान गुमाएका धेरै नै समाचार आएका छन् । केही अघि न्युजिल्यान्डमा मस्जिदमा भएकाे आक्रमणपछि त्यहाँकाे सरकारले सेमिअटाेमेटिक राइफलमा प्रतिबन्ध लगाएकाे छ । केही अघि अमेरिकामा करीब २० लाख मान्छे ‘नो भ्वायलेन्स’ अर्थात् साना हतियारबाट हुने हिंसा विरुद्ध सडकमा उत्रिए । यी अमेरिकी मान्छे बन्दुक या साना हतियार राख्ने विषयलाई लिएर कानूनमा संशोधनको माग गरिरहेका थिए । कारण, बमबारीबाट हुने हिंसाबाट बच्न सकियोस् । बन्दुकलाई लिएर अमेरिकीहरू कैयौं तरिकाले बाँडिएका छन् ।

कोही चाहान्छन् कि, हतियार राख्ने नागरिकको अधिकारमा परिवर्तन होस् । तर फेरि कसैले यो अधिकारलाई अझ बढी बलियोसँग स्वीकृति दिनेबारे बोलेका छन् । धेरैजसो अमेरिकी नागरिकबीचको बाटो पहिल्याउने पक्षमा छन् । विश्वमा बन्दुकको गोलीबाट मर्नेहरूको संख्या दिनुहँजसो बढिरहेकै छ । जुन समाजमा बन्दुक राख्ने स्वतन्त्रता दिइएको छ, त्यहीँ हिंस्रक घटना पनि बढिरहेका छन् । 

बिना हतियारको कस्तो होला संसार ?

सबै देश मिलेर यस्तो कानून बनाउन् कि, बन्दुकलाई निमिट्यान्न पार्न सकियोस् । यस्तो अवस्थामा बन्दुक रहित संसार कस्तो देखिएला ? केके परिवर्तन आउलान् त ? एकछिन यी कुरालाई मनन गर्ने हो भने केही अनौठा नतिजा बाहिर आउन सक्छन् । यदि साँच्चिकै बन्दुक र साना हतियारलाई संसारबाटै निर्मूल पार्ने हो भने यसको सबैभन्दा बढी फाइदा भनेकाे बन्दुकबाट हुने कुनैपनि मृत्यु हुने छैनन् । विश्वमा प्रत्येक वर्ष करीब ५ लाख मान्छे बन्दुकको गोली लागेर मर्छन् । बन्दुकसँग हाम्रो सरोकार भन्नाले राइफल, पेस्तोल, रिभल्वर जस्ता साना हतियार हुन् ।

विकसित देशमा सबैभन्दा धेरै बन्दुक अमेरिकामा पाइन्छ । त्यहाँ आम नागरिकसँग ३० देखि ३५ करोड हतियार छन् । यसकारण दोस्रो धनी देशको तुलनामा अमेरिकामा बन्दुकबाट हुने मृत्यु २५ गुणासम्म धेरै छन् । अमेरिकको ड्युक स्कुल अफ मेडिसिनको मनोवैज्ञानिक जेफरी स्वान्सनका अनुसार उनको देशमा दैनिक १०० जनाको मृत्यु बन्दुकको गोलीबाट हुन्छ ।

प्रोफेसर स्वान्सन बन्दुक हटेको खण्डमा धेरै मानिसलाई मृत्युबाट बचाउन सकिने धारणा राख्छन् । अमेरिकामा आत्महत्याका लागि धेरैजसो मानिस बन्दुकको प्रयोग गर्छन् । सन् २०१२ बाट २०१६को बीचमा १ लाख ७५ हजार ७०० अमेरिकीले आफ्नो प्राण त्यागे । यसमा ६० प्रतिशतले आत्महत्याका लागि बन्दुक प्रयोग गरेका थिए । यस्तै, सन् २०१५ मा ४४ हजार मानिसले आफ्नो ज्यान लिएका थिए, जसमध्ये आधा जतिले आत्महत्याका लागि बन्दुक प्रयोग गरेका थिए । 



बन्दुकमा निषेध लगाउँदा के फाइदा ? 

बन्दुक अर्थात् साना हतियारको प्रयोग संख्या घटाउनु कत्तिको फाइदाजनक छ, यसको उदाहरण हो, अस्ट्रेलिया । सन् १९९६ मा अस्ट्रेलियाको तस्मानियामा मार्टिन ब्रायन्ट नामको व्यक्तिल अन्धाधुन्ध गोली चलाउँदा ३५ जनाले मृत्यु वरण गरेका थिए । यो हमलाबाट अन्य २३ जना घाइते पनि भएका थिए । यो घटनाका कारण अस्ट्रेली नागरिक सदनसम्म पुगे । सबै राजनीतिक दल मिलेर बन्दुकमा रोक लगाउने फैसला भयाे । केही दिनमै हतियार राख्नेलाई नियण्त्रणमा लिने नयाँ कानून पनि बन्यो ।



यही कानून अन्तर्गत रहेर त्यहाँका मानिसले सेमी–अटोमेटिक शटगन र राइफल राख्नमा रोक लगाइयो । सरकारले आम नागरिकसँग उचित मूल्यमा तिनीहरूका हतियार खरिद गरेर नष्ट गर्यो । यो प्रयासको परिणाममा अस्ट्रेली नागरिकसँग भएका हतियारमा ३० प्रतिशले कमी देखियो । यसको सबैभन्दा बढी फाइदा बन्दुकबाट मृत्यु हुनेको संख्यामा ५० प्रतिशले कमी आउनु हो । बन्दुकको संख्यामा नियन्त्रण राखेर अस्ट्रेलियाले यसबाट हुने हत्यामा पनि रोक लगाउन सक्यो । बन्दुक कम हुँदाबित्तिकै अस्ट्रेलियामा हत्याका मुद्दा पनि कम दर्ज हुन थाले । यदि बन्दुकमाथि निषेध लगाउन सकियो भने महिलामाथि हुने घरेलु हिंसामा पनि कमी आउन सक्छ ।

घरेलु हिंसाको शिकार हुने शंका यस्तै ५ देखि आठ प्रतिशतसम्म बढ्न सक्छ । बन्दुक घरमा नभएको खण्डमा महिलाको ज्यानको खतरा पनि कम हुन सक्छ । अमेरिकामा प्रत्येक महिना ५० महिलाहरूको ज्यान उनीहरूकै पतिबाट हुने गरेको छ । तर, बन्दुक भएन भने यो संख्या कम हुन सक्छ । अपराधको औसत मामलामा अमेरिका, जापान, बेलायत र पश्चिमी युरोपका दोस्रो देश बराबर नै छन् । तर, बन्दुकसँग जोडिने अपराधमा मृत्युको आंकडा अमेरिकामा दोस्रो देशभन्दा ७ गुणा धेरै छ । स्पष्ट छ, धेरै हतियार हुनु भनेको धेरै मृत्यु हुनु हो ।

अमेरिकाको अवस्था 

स्टेट युनिभर्सिटी अफ न्युयोर्क कलेजका रबर्ट स्पिट्जर भन्छन्– अमेरिकी राज्यमा बन्दुक राख्ने नियम कडा छ । जसकारण अपराध पनि कम नै हुन्छन् । अमेरिकामा धेरैजसो हतियार हुनुले पुलिससँग मृत्युको आंकडा पनि धेरै छ । कतै भीडमा उभिँदा पनि पुलिसलाई आफूमाथि गोली चल्ने डर बनिरहन्छ । यसकारण पुलिस आत्मरक्षाका लागि धेरै गोली चलाउन बाध्य हुन्छ । यसर्थ पनि पुलिससँग आम नागरिकको मृत्युको संख्या बढ्छ । अमेरिकामा प्रतिवर्ष १ हजार मान्छे पुलिसले चलाएको गोलीको शिकार हुन्छन् । सहजै उपलब्ध हुने बन्दुक आतंकवादीका लागि सहयोगी बन्छ । अमेरिका, क्यानाडा, पश्चिम युरोप, अस्ट्रेलिया र न्युजिल्याण्डमा सन् २०१७ मा २ हजार ८ सय आतंकवादी घटना घटे । यी घटनामाथि भएको अनुसन्धानले आतंकवादीको बन्दुकले धेरैको ज्यान लिएको पाइयो । 

के शान्ति सम्भव छ ? 

इतिहास भन्छ कि, हिंसा मानिसको नशामा समाहित छ । यसकारण यस्तो सम्भव छैन कि, बन्दुक नहुँदैमा हिंसा सकिन्छ । अमेरिकाको वेक फरेस्ट युनिभर्सिटीका प्रोफेसर डेविड यमाने सन् १९९४ को रवान्डा नरसंहारको उदाहरण दिन्छन् कि, रवान्डामा बिना बन्दुक नै मान्छेले मान्छेको रक्तपात गरेका थिए । यो नरसंहारमा बन्दुक बाहेक हुतु समुदायका मानिसले तुत्सी समुदायका मान्छेको चक्कु, बञ्चरो लगायतका हतियारलले हत्या गरेका थिए । यदि बन्दुकमा निषेधाज्ञा लाग्यो भने मानिस तीर, धनुष, भाला र तरबार जस्ता हतियार पुनः प्रयोग गर्न थाल्नेछ ।

धनी देशले घातक विस्फोटक, मिसाइल, केमिकल र जैविक हतियारको प्रयोग गर्नेछन् । यस्तै धनी देशले बन्दुको सट्टा नयाँ हतियारको आविष्कार गर्नेछन् । धनी र गरीब देशबीच हुने शक्तिको असन्तुलन जो छ, त्यो बन्दुकले मेटिँदैन । 

बन्दुक नहुँदा प्रकृतिमा के असर होला ? 

यदि बन्दुक र राइफल प्रयोगमा निषेध लगाइयो भने यसको असर जनावरमा पनि पर्नेछ । जनावरको शिकार रोकिनेछ । बिना कारण मारिने जनावरको जिन्दगी भने बच्नेछ । तर, कतिपटक त जनावरको शिकार पनि जरुरी हुन जान्छ । अस्ट्रेलिया जस्तो देशमा जंगली जनावर खेतीलाई हानी पुर्याउँछन् । कतिपय ठूला जनावर साना द्विपमा अातंक मचाउँछन् । तिनलार्इ मार्नु जरूरी हुन्छ ।

यसकाे निराकरणका लागि जब समस्या अाउँछ तब बन्दुक नै काम अाउँछ । यस्तै कैयाैं पटक गम्भीर रूपमा बिमारी भएका जनावरलार्इ मुक्ति दिनकाे लागि गाेली मारिन्छ । यदि बन्दुक नै भएन भने उनीहरूलार्इ राहत मिल्न सक्दैन । यसकारण, विश्वमा बन्दुक हुनुका फाइदका कम र बेफाइदा धेरै छन् ।

  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार २१:५१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया