ताेरीकाे तेलभन्दा किन लाभदायक जैतुनकाे तेल ?

पारम्परिक रुपमा हाम्रोमा सस्र्यौँ वा सोयाबिनको तेलमा खाना पकाइन्छ । कतैकतै त तोरीको तेलमा पनि । तर, अब चीन, जापान तथा इटालीजस्ता देशमा जैतुन अर्थात् ओलिभको तेल पनि तरकारी पकाउन प्रयोग हुन थालेको छ । फेरि अध्ययनहरुले यसले खानाको स्वाद मीठो बनाउने मात्र नभएर स्वास्थ्यका लागि पनि निकै धेरै फाइदा पुग्ने देखाएका छन् । 

फ्याटी एसिडको मात्रा धेरै हुने भएकाले यसले हृदयरोगको खतरा कम गर्ने अध्ययनहरुले देखाएका छन् । यतिमात्र होइन, शरीरमा कोलेस्टेरोलको मात्र कम गर्न पनि ओलिभको तेल प्रयोग गर्न धेरै सुझाव दिएका छन् । 

ओलिभ तेल विभिन्न किसिम वा वर्गको हुने मान्यता छ । गाडा हुने एक्स्ट्रा भर्जिन ओलिभ तेल, पोमेस ओलिभ तेल र शुद्ध ओलिभ तेल गरि यो तेल तीन विभिन्न वर्गमा विभाजन गरिएको छ ।

अरु तेलहरु बिजबाट निकालिन्छ, तर जैतुनको तेल जैतुन फलबाट बनाइन्छ । यसले हाम्रो शरीरको स्वास्थ्यका लागि निधै धेरै फाइदा गर्छ । तर, जैतुनको तेल डिप फ्राइ गर्न चाहिँ प्रयोग गर्नु हुँदैन । डिप फ्राइका लागि प्रयोग गर्दा यसमा हुने पौष्टिक गुण हराउने विश्वास गरिन्छ । अर्को कुरा, जैतुनको तेल स्टोर गरेर धेरै समयसम्म राख्न पनि हुँदैन ।





  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार २२:१७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया