के अब दिल्लीमा अरविन्द केजरीवालको क्रेज सकिएको हो ?

एजेन्सी– भारतको नयाँ दिल्लीको चाँदनी चोककी विधायक अलका लांबाले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पार्टी आम आदमी पार्टीको साधरण सदस्यबाट राजीनामा दिएकी छिन् । उनले अब फेरि भारतीय कंग्रेसमा आफू समाहित भएको र भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धी तथा राहुल गान्धीले विश्वास गरेको धन्यवाद दिइसकेकी छिन् । 

आफ्नो राजीनामा दिँदै उनले केही समययता पार्टीबाट आफू अलग रहेको पनि जानकारी दिएकी छिन् । जे होस्, उनी पहिले जुन पार्टीमा थिइन्, अब फेरि त्यही पार्टीमा गएकी छिन् ।

त्यसैले अल्काको भविष्यको विषयमा त अहिले चर्चा चलेको छैन । 

तर, योसँगै आम आदमी पार्टीको भविष्य वा अरविन्द केजरीवालको क्रेजको विषयमा चाहिँ प्रश्न उठ्न थालेका छन् । 

किनकि यसअघि आशीष खेतान, कुमार विश्वास, आशुतोष, कपिल मिश्रा, योगेन्द्र यादव, प्रशान्त भूषणलगायतले पनि यसअघि पार्टी छोडेको घोषणा गरिसकेका छन् । 

यीमध्ये केही भारतीय कंग्रेस, केही भारतीय जनता पार्टीमा जोडिएका छन् भने केहीले राजनीतिलाई नै बाइबाइ भनेका छन् ।



स्मरणीय के छ भने यी सबै अनुहार पहिलेदेखि नै पार्टीमा थिए र त्यसले अरविन्द केजरीवाललाई पनि ठूलो सहयोग गरेको थियो । तर, अब के उनी एक्लै पार्टीमा वा दिल्लीमा केही गर्न सक्छन् त ?



सन् २०१३ र २०१५ मा दिल्लीमा आम आदमी पार्टीलाई बहुमत मिलेको थियो । तर, त्यसपछि भएको लोकसभा निर्वाचनमा भने आम आदमी पार्टीले खासै राम्रो गर्न सकेन । 

राजनीतिमा हतारहतार आएको थियो, आम आदमी पार्टी । त्यसैले अहिले भारतमा यो चिन्ता गर्न थालिएको छ कि कतै अव यो पार्टीको अवसान हुने त होइन ?
 

  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार २२:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया