एजेन्सी– तालिबान समूहले अफगान शान्ति वार्ताबाट पछाडि हट्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलाको आलोचना गर्दै यसका कारण अमेरिकाले ठूलो नोक्सान व्यहोर्नु पर्ने जनाएको छ ।
एउटा विज्ञप्ति जारी गर्दै तालिबानले यो निर्णउ परिपक्वता तथा अनुभवको कमीलाई दर्शाउने जनाएको छ ।
तालिबानको दाबीअनुसार अन्तिम समयसम्म पनि वार्ता राम्रो भइरहेको थियो ।
अमेरिकी राष्ट्रपतिले आइतबार अफगान राष्ट्रपति असरफ गनी तथा तालिबानका वरिष्ठ नेताहरुलाई भेट्ने तय थियो । तर, उनले एक दिनमात्र अगाडि ट्विट गर्दै आफू वार्ताबाट पछाडि हटेको जनाएका थिए ।
तालिबानसँग अमेरिकाले कतारमा विभिन्न नौ चरणका वार्ता गरिसकेको थियो । तालिबानले अफगान सरकार अमेरिकाको कठपुतली भएको आरोप लगाउँदै सोझै अमेरिकासँग नै वार्ता गर्ने जनाउँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।