एजेन्सी— जापानकी पूर्वमहारानी मिचिको हिरोहितोलाई स्तन क्यान्सर भएकाले शल्यक्रिया गरिएको छ । ८४ वर्षीया महारानीको क्यान्सरको आइतबार टोकियो विश्वविद्यालयको अस्पतालमा शल्यक्रिया गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
शल्यक्रिया गर्नुअघि पूर्वराजा अकिहितो र उनकी छोरी सायाको कुरोदाले मिचिकोलाई अस्पतालमै भेटेका थिए । सर्वसाधारणसँग विवाह गरेपछि सायाको राजकुमारी पदवी खोसिएको थियो । जापानका पूर्वराजा अकिहितो र पूर्वरानी मिचिकोले विश्वमा परम्परागत राजतन्त्रलाई नाटकीय रूपमा आधुनिकीकरण गरेको मानिन्छ । पूर्वरानी मिचिकोको जन्म सन् १९३४ मा टोकियोस्थित टोकियो विश्वविद्यालयको अस्पतालमै भएको थियो ।
विश्वविद्यालयमा अंग्रेजी साहित्य पढ्नुअघि उनले बालिका मात्र पढ्ने क्रिस्चियन स्याक्रिड हार्ट स्कुलमा अध्ययन गरेकी हुन् । सन् १९६० मा उनले वर्तमान राजा नारुहितोलाई जन्म दिएकी थिइन् । उनको दोस्रो छोरा अकिसिनोको जन्म सन् १९६५ मा भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।