बहुविवाह गरेको आरोपमा गाउँपालिका अध्यक्ष प्रहरी हिरासतमा

प्युठान– प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी बहुविवाहको आरोपमा पक्राउ परेका छन् । उनकी श्रीमती सीता केसी गिरीले बहुविवाहको मुद्दा हालेपछि गिरी आइतबारदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । 

आफूविरूद्ध मुद्दा दर्ता भएपछि गिरी आफैँ जिप्रका गएका हुन् । पत्नी सीताले उनीविरुद्ध गत भदौ १० गते बहुविवाहको मुद्दा दर्ता गरेकी थिइन् । 

जेठी श्रीमती सीताले उजुरी दिएपछि सोही उजुरीका आधारमा गिरीकी कान्छी श्रीमती अस्मिता बुढाथोकी पनि प्रहरी हिरासतमै छिन् । प्रहरीले उनलाई भदौ २० गतेदखि हिरासतमा राखेके हो । 

बहुविवाह गरेको प्रमाणित भएमा मुलुकी अपराध संहिता दफा १७५ उपदफा ४ बमोजिम एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।





  • प्रकाशित मिति : भदौ २३, २०७६ साेमबार १५:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया