चुनाव गराउने बोरिसको प्रस्ताव फेरि अस्वीकृत

एजेन्सी– बेलायती प्रधानमन्त्री बोरिस जोनसनको नयाँ निर्वाचन प्रस्ताव फेरि अस्वीकृत भएको छ । पाँच साता लामो समयसम्म स्थगनमा परेको संसदको अन्तिम सत्रमा उनको प्रस्तावमाथि मतदान भएको थियो । अब बेलायती संसद १४ अक्टोबरमा फेरि खुल्नेछ । 

उनको प्रस्तावको पक्षमा २९३ सांसद्हरुले मतदान गरे । अन्यले यसको विरोध गरे । 

यसअघि पनि बोरिस जोनसनको यो निर्वाचनको प्रस्ताव अस्वीकार गरिएको थियो । अक्टोबरमा निर्वाचन गर्नुअघि सम्झौतारहित ब्रेक्जिट हुन नहुने विधेयक पहिले पारित गर्नु पर्ने सांसदहरुको माग छ । 





  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार ९:५०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया