काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको छ । यी तीनै पेट्रोलियम पदार्थमा २–२ रुपैयाँ प्रतिलिटर मूल्य घटेको हो ।
मूल्य समायोजन भएसँगै पेट्रोलको १०७, डिजेल तथा मट्टीतेलको मूल्य ९५ रुपैयाँ प्रतिलिटर पर्नेछ ।
यो मूल्य मंगलबार दिउँसो १२ बजेबाट लागु हुने आयल निगमले जनाएको छ ।
यसबीच नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन उद्घाटन गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।