अमलेखगञ्जमा पाइपालाइनबाट पेट्रोलियम पदार्थ आउन सुरु

एजेन्सी— अमलेखगञ्ज डिपोमा मंगलबारदेखि पाइपलाइनबाट इन्धन आउन थालेको छ । मध्यान्ह १२ बजेर १५ मिनेट जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबाद हाउसबाट एकै पटक स्वीच थिचेर पाइपलाइनको उद्घाटन गरेका थिए ।

दुवै प्रधानमन्त्रीले उद्घाटन गरेसँगै भारतको विहार राज्यको मोतिहारीबाट ढक्कन खोलेर तेल पठाउन सुरु गरिएको हो । 

पाइपलाइनबाट प्रति घण्टा २ लाख लिटर तेल आउँछ । पाइपलान नहुँदा दैनिक ५ सय ट्याकंरले भारतबाट तेल ओसार्ने गरेका थिए । त्यसको ढुवानी खर्चमात्र वार्षिक २ अर्ब हुन्थ्यो । त्यसबाहेक पाइपलाइनबाट तेल ल्याउँदा चुहावट रोकिने र गुणस्तर कायम रहन्छ । 

नेपाल आयल निगमले त्यस्ता खर्च जोगिने भएपछि आजदेखि इन्धनको मूल्य घटाएको छ ।





  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार १४:२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया