३० कम्पनीबाट अस्वीकृत ज्याक मा, १९ वर्षमा बनाए एसियाकै ठूलो कम्पनी

बेइजिङ– चीनका नम्बर एक धनाढ्य, अलिबाबा ग्रुपका अध्यक्ष ज्याक माले ५५ वर्षको उमेरमै अवकाश लिएका छन् । आज कम्पनीका ४७ वर्षे सिइओ डेनियल झाङलाई नेतृत्व सुम्पिँदै ज्याक माले अध्यक्षबाट अवकाश लिएका हुन् । अबको एक वर्ष उनी सल्लाहकारका रुपमा कम्पनीको बोर्डमा रहनेछन् । 

ज्याक माले आफ्नो अवकाशको घोषणा एक वर्षअघि नै गरेका थिए । पछिल्लो एक वर्ष उनले डेनियललाई कामकाज सिकाएर नेतृत्वका लागि तयार पार्नमा खर्चिए । 

झन्डै ४५ खर्ब रुपैयाँका मालिक ज्याक मा अध्यापनमा विशेष रुचि राख्छन् । छोटो समयमा उद्यमबाट अपार सफलता हासिल गर्दै विश्वभरका उद्यमीका प्रेरणा–स्रोत बनेका ज्याक मा अलिबाबा ग्रुप सुरु गर्नुअघि अंग्रेजी शिक्षक थिए । अवकाशपछि अब उनी अध्यापनमै फर्कनेछन् । अबको समय अध्यापन र परोपकारमा खर्चने उनको योजना छ । 

सन् १९९९ सम्म ज्याक मा शिक्षक नै थिए । उनले पछिल्लो समयमा कम्पनीको सिइओ भन्दा स्कुलको शिक्षक बन्दा रमाइलो लाग्ने बताएका थिए । 

चीनका पहिलो र विश्वका २०औँ धनी व्यक्ति ज्याक माको सफलताको बाटो त्यति सहज भने थिएन । अहिले ६६ हजार भन्दा धेरै कर्मचारी पालेको अलिबाबा कम्पनी २० वर्षअघि उनले अरु ६ जना साथीसँग मिलेर सुरु गरेका थिए । 

उनले सन् १९८८ मा ग्रेजुएशन गरेपछि ३० ठाउँमा कामको लागि आवेदन दिएका थिए । तर उनले कुनै पनि कम्पनीमा स्थान पाएनन् । आफुले ग्रेजुएशन गरेको ११ वर्षपछि उनले अलिबाबा कम्पनी स्थापना गरे । जुन अहिलेको एसियाको सबैभन्दा ठुलो कम्पनी भएको छ । अहिले एसको सम्पती ४२० अर्ब डलर रहेको छ । 



एक दिन केएफसीमा उनीसँगै २४ जनाले कामको लागि आवेदन दिएका थिए । २४ जनामा अन्य सबै कामको लागि छनौट भएका तर ज्याक भएनन् । अहिले पनि केएफसीको एम ब्रान्डसको सम्पती २८ अर्ब डलर मात्रै छ । 

हार्वर्डबाट पनि १० पटक अस्वीकार



उनलाई जागिरको लागि मात्रै होइन विभिन्न कलेजबाट पनि रिजेक्ट गरिएको थियो । उच्च शिक्षाको अध्ययन सकेपनि उनी कलेजमा भर्ना हुनको लागि आवेदन दिए । तर, उनी प्रवेश परिक्षामा दुई पटक सम्म फेल भए । तेस्रो पटक उनी हेन्गझु टिचर्स इन्स्टिच्युटमा भर्ना भए । 

सन् २०१६ मा वल्र्ड इकोनोमिक्स फोरममा उनी आफैले भनेका थिए हार्वड युनिभर्सिटीले उनलाई १० पटक रिजेक्ट गरेको थियो ।
 
ज्याक माले सन् १९९५ मा ट्रन्सलेशनको काम सुरु गरे । त्यही दैरान उनलाई अमेरिका जानुपर्ने भयो । त्यतिबेला नै उनले पहिलो पटक इन्टरनेटको बारेमा जानकारी पाएका थिए । त्यसपछि उनले चीनमा इन्टरनेट कम्पनी बनाउने निर्णय लिए । 

उनी चीन फर्किनासाथ चाइना पेजेज सुरु गरे जसमा चिनियाँ कम्पनीको जानकारी थियो । तर, यो सफल भने भएन ।

उनको दाईले हरेक दिन १६ घन्टा काम गर्थे । उनलाई लाग्थ्यो कि उनी व्यस्त छन् । अमेरिकामा सन् २०१७ मा भएको गेटवे समिटमा उनले भनेका थिए, ‘जब म अटोवायोग्राफि लेख्नेछु, त्यसमा आफ्नो जिन्दगीको बारेमा भन्दा पनि अलिबाबा स्थापना गर्दा गरेका १ हजार १ गल्तिको बारेमा भने उल्लेख गर्ने छु ।’

क्लासमा उनका साथीहरुसँग अक्सर उनको झगडा भइरहेको हुन्थ्यो । उनी सानो छँदा निकै दुब्लो पातलो थिए । तर, पनि उनी आफुभन्दा ठुलो मानिसहरुसँग पनि झगडा गर्न डराउँदैनथे । ज्याक मा को नाम पहिला युन थियो । उनी आफ्नो शहर हेन्गझु आउने विदेशी पाहुनालाई गाइड बनेर घुमाउँथे । त्यसको बदलामा उनले इङलिस सिक्थे । एक पर्यटकसँग उनको अचम्मको दोस्ती भयो । ती पर्यटकले नै उनको नाम ज्याक राख्दिए । 
 


  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार १५:१२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया