मोदीसँग हातमा हात मिलाएर काम गर्न तम्तयार छु : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हातमा हात मिलाएर काम गर्न तम्तयार रहेको बताएका छन् । म‌ंगलबार भारतीय समकक्षाी नरेन्द्र माेदीसँग भिडियो कन्फरेन्समार्फत मोतिहारी अमलेखगन्ज पाइपलाइनको संयुक्त उद्घाटनपछि प्रधानमन्त्रीले साे कुरा बताएका हुन् ।

नेपाल र भारतको साझेदारी केही आयोजनामा मात्र सीमित नरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले द्विपक्षीय साझेदारीले रेलवे, वाटरवे, जलविद्युत उत्पादन, एकीकृत भन्सार जाँच चौकी, पर्यटन, कृषिलगायतका क्षेत्रमा विस्तार भएको दाबी गरे । 

ओलीले विगतका सफल भ्रमणको स्मरण गराउँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्न मोदीलाई निम्तासमेत दिए । आफू भारतीय समकक्षी मोदीसँग हातमा हात मिलाएर काम गर्न तयार रहेको प्रधानमन्त्रीकाे भनाइ थियाे ।

केही वर्षयता भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति राम्रो रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भूकम्पपछिको पुनर्निर्माणमा गोरखा र नुवाकोटमा भारतीय सहयोगमा ५० हजार घर बनेको जानकारी गराए । 

उदाउँदो अर्थतन्त्र र सक्षम युवा जनशक्ति दुवै देशका साझा विशेषता भएको बताउँदै प्रधानमन्त्री ओलीले हाल नेपाल र भारत दुवैमा बलियो र स्थिर सरकार रहेकाले मिलेर काम गर्न सजिलो हुने बताए ।





  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार १५:५१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया