प्रधान सेनापति पूर्णचन्द्र थापाले सार्वजनिक गरे सम्पत्ति विवरण

काठमाडौं– प्रधान सेनापति पूर्णचन्द्र थापाले आफू र आफ्नो परिवारको नाममा रहेको चल–अचल सम्पत्तिको विवरण मंगलबार सार्वजनिक गरेका छन् । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) मा सार्वजनिक पद धारण गरेका व्यक्तिले प्रत्येक वर्ष आफ्नो सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ । प्रधान सेनापतिले सोही प्रयोजनका लागि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनले नेपाली सेनाका उच्च अधिकारीलाई स्वेच्छिक रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरे । आफूले पनि स्वेच्छाले सम्पत्ति विवरण सार्वजनिक गरेको उल्लेख गर्दै थापाले काठमाडौं, लम्जुङ, नवलपरासीलगायत स्थानमा रहेको अचल सम्पत्ति र चल सम्पत्तिको विवरण खुलाएक छन् । 

जसमा जग्गाको विवरण, सुन, चाँदी र हिराका गहना, बैंक, वित्तीय संस्थामा रहेको नगद, धितोपत्र, सेयरसहित बैंकबाट लिएको ऋणको पनि विवरण खुलाएको छ ।

श्रीमती दीपा थापा र छोरी रुरु थापाको नाममा रहेको सम्पत्ति पनि उनले सार्वजनिक गरेका छन् । थापासँग ५५ तोला सुन, ५९० तोला चाँदी र करिब १० लाख रुपैयाँमा खरिद गरेको हिराको हार र औँठी रहेको विवरणमा उल्लेख छ । 

चल–अचल सम्पत्तिको विवरण :



 



  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार १८:११:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया