पाकिस्तानी मन्त्रीको आरोप– १० श्रीलंकाली खेलाडीलाई भारतले धम्काएर पाकिस्तान नजाने बनायो

नयाँ दिल्ली– पाकिस्तानी विज्ञान मन्त्री चौधरी फवाद हुसेनले पाकिस्तान भ्रमणबाट नाम फिर्ता लिएका १० श्रीलंकाली खेलाडीलाई भारतले धम्काएको आरोप लगाएका छन् ।

यसअघि लसिथ मालिंगा, एन्जेलो म्याथ्युजलगायत १० खेलाडीेले सुरक्षाको कारण देखाउँदै २७ सेप्टेम्बरदेखि ९ अक्टोबरसम्मका लागि निर्धारित पाकिस्तान भ्रमणमा जाने टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए । भ्रमणका क्रममा श्रीलंकाले पाकिस्तानसँग ३ एकदिवसीय र ३ टी–२० को सिरिज खेल्ने कार्यक्रम छ । 

ती १० खेलाडीलाई भारतले पाकिस्तान गए आइपिएलबाट निकालिदिने धम्की दिएकाले उनीहरुले भ्रमण रद्द गर्नुपरेको पाकिस्तानी मन्त्रीले आरोप लगाएका हुन् । आजको एक ट्विटमा मन्त्री फवादले खेल कमेन्टेटरहरुले आफूलाई यस्तो बताएको उल्लेख गरेका छन् । 

उसो त, पाकिस्तानमा श्रीलंकाली टोलीमाथि आक्रमण भइसकेको छ । सन् २००९ मा ३ टेस्ट र ३ एकदिवसीयको सिरिज खेल्न पाकिस्तान गएको श्रीलंकाली टोली चढेको बस सिरिजकै बीच लाहोरमा आतंकवादी हमलामा परेको थियो । हमलामा ८ सर्वसाधारण मारिएका थिए भने श्रीलंकाली टोलीका ७ सदस्य घाइते भएका थिए । 





  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार २२:३०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया