नेत्रविक्रम चन्द विप्लवका छोरा पक्राउ

चितवन– नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनी पनि सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहको पार्टी नेपाल कम्युनिस्ट पार्टीका सदस्य थिए । 

तर, उनलाई पार्टीका कारण नभइ चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलन अगुवाइ गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । 

चितवन मेडिकल कलेजमा अध्ययनरत प्रकाशले केही समययता विभिन्न मिडियामा आफ्ना धारणा राख्दै आएका थिए । मेडिकल कलेजमा भइरहेको आन्दोलनको पनि उनले नेतृत्व गर्दै आएका थिए ।

प्रहरीले उनलाई मात्र होइन, मेडिकल कलेजमा आन्दोलनरत अन्य विद्यार्थीलाई पनि पक्राउ गरेको छ । 





  • प्रकाशित मिति : भदौ २५, २०७६ बुधबार १०:४०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया