काठमाडौं– केही समयअघि सिंगापुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर निकालिएको छ । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली महाराजगन्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए ।
अस्पतालका मुटुरोग विशेषज्ञ डा अरुण सायमीले फरकधारसँग कुरा गर्दै भने, ‘उहाँको मुटुमा राखिएको क्याथेटर हामीले निकालेका हौँ । त्यही निकाल्न उहाँ आउनुभएको थियो । झन्डै आधा घन्टामा फर्किनुभयो ।’ उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य राम्रो रहेको पनि जानकारी दिए ।
१० वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको शरीरमा एन्टीबडी धेरै भएपछि सिंगापुरमा दुई साता बसेर उपचार गरिएको थियो । प्लाज्मा फेरेसिस गरेका प्रधानमन्त्री ओली केही समयपछि फेरि थप उपचारका लागि सिंगापुर जान सक्ने ओलीनिकट उच्च स्रोतले जानकारी दियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।