आपूर्ति मन्त्री भन्छन्– धनीले प्रयोग गर्ने ग्यासको मूल्य बढाएर गरिबलाई सहुलियत दिन्छौँ

काठमाडौं– सरकारले निम्न आय भएकाहरुका लागि छिट्टै एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउन लागेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।

उनका अनुसार, निम्न आय भएका उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारले छिट्टै सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारी गरेको छ । 

आज काठमाडौंमा नेपाल एलपी ग्यास उद्योग संघको २४औं वार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री यादवले धनीहरुले प्रयोग गर्ने ग्यासको मूल्य बढाएर भए पनि गरिबलाई सहुलियत दरमा उपलब्ध गराउने तयारी भइरहेको बताए ।

यसमा केही कानुनी जटिलता रहेको भन्दै उनले तिनलाई समाधान गरेर अघि बढ्ने बताए । 





  • प्रकाशित मिति : भदौ २५, २०७६ बुधबार १६:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया