मीठो खानाभन्दा प्रिय हुन्छ ताजा सूचना !

एजेन्सी– नयाँ जानकारी पाउने हो भने हाम्रो मस्तिष्क अत्यन्त खुसी हुन्छ जसरी हामीलाई हाम्रो मन पर्ने खाना भोक लागेको समयमा मिल्छ । यो दाबी अमेरिकी जर्नल प्रोसिडिंग्स अफ द नेसलन एकेडेमी अफ साइन्सेसमा प्रकाशित रिसर्चले गरेको हो । 

जसरी हामी कुनै नयाँ सूचना वा नोटिफिकेसन आयो भनेर बेलाबेलामा हाम्रो मोबाइल चेक गर्छौँ, त्यस्तै हाम्रो मस्तिष्कले पनि बारम्बार नयाँ सूचना पाइन्छ कि भनेर चेक गरिरहेको हुन्छ । त्यो रिसर्चले यो कुरा पनि पत्ता लगाएको छ । 

क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ता मिङ सूका अनुसार हाम्रो मस्तिष्कमा सूचना तथा धनका लागि एउटै न्युरोल कोड लागेको हुन्छ । यसले हामीलाई हामी यसको कति उपयोग गर्छौँ भन्ने थाहा दिन्छ । 

जसरी हामीलाई हाम्रो मीठो खाना खान मन लाग्छ, त्यसरी नै नयाँ सूचना पाउँदा हाम्रो दिमागले अझ राम्रो काम गर्छ । 

यो अनुसन्धानमा अर्को के पनि खुलासा भएको छ भने दिमागमा एक सेकेन्डमा एक लाखभन्दा बढी रासायनिक प्रतिक्रिया आएको हुन्छ । त्यसैले पनि उमेर बढ्दै जाँदा दिमाग परिपक्व हुँदै जाने मानिएको छ ।





  • प्रकाशित मिति : भदौ २५, २०७६ बुधबार २३:११:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया