जुन उमेरमा पनि हुनसक्छ क्यान्सर

एजेन्सी– क्यान्सर एउटा त्यस्तो रोग हो जुन अहिले विश्वका जुनसुकै देशमा पनि फैलिइसकेको छ । र, यो रोग हाम्रो शरीरको जुनसुकै भागमा पनि हुनसक्छ । अनि जुनसुकै उमेरमा पनि । पछिल्ला अध्ययनले पत्ता लगाएअनुसार स्तन क्यान्सर पनि जुन उमेरमा पनि हुने सम्भावना हुन्छ ।

पछिल्लो केही समययता युवतीहरुले आफूलाई स्तन क्यान्सर नहुने भन्ने सोचिरहेका हुन सक्छन् । अनि उनीहरु क्यान्सरका लक्षण देखिँदासमेत बेवास्ता गरिरहेका हुनसक्छन् ।

खासमा परिवारमा कसैलाई पहिले स्तन क्यान्सर भएको छ भने सतर्क हुनुपर्छ । जो महिलाहरुमा वंशानुगत समस्याहरु देखिएका हुन्छन्, उनीहरुले पनि ख्याल गर्नु पर्ने हुन्छ ।  

स्तन क्यान्सर समयमा नै पहिचान गर्न सक्ने हो भने यसको उपचार पनि सम्भव छ । त्यसपछि सामान्य जीवन बाँच्न सकिन्छ । त्यसैले यसको उपचार सुरुवाती स्टेजमा नै गर्नु पर्ने हुन्छ । 





  • प्रकाशित मिति : भदौ २६, २०७६ बिहीबार १७:२२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया