काठमाडौं– बिहीबार साताको अन्तिम दिन पनि सेयर बजार उकालो लाग्न सकेन । बिहीबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ५ अंकको गिरावट आएको छ ।
नेप्से ५.३३ अंकले घटेर १ हजार १५७.८८ अंकमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.९८ अंकले घटेर २५३.७९ अंकमा पुगेको छ ।
बजारमा १६८ कम्पनीका १५ लाख ५६ हजार ७९० कित्ता सेयर ३७ करोड ६१ लाख ८४ हजार ४९१ रुपैयाँमा कारोबार भए । यस दिन बजारमा कारोबारमा आएका ११ वटै समूहगत उपसूचक ओरालो लागे ।
बिहीबार बजारमा लक्ष्मी बैंकको प्रमोटर सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ४ करोड ७० लाख ८ हजार ३०४ रुपैयाँमा कारोबार भएको हो ।
यस दिन कालिका पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए । कम्पनीको सेयर ५ प्रतिशतले बढेको हो । त्यसैगरी अरुण भ्याली हाइड्राे पावरका लगानीकर्ताले सर्वाधिक ६.७९ प्रतिशत सेयर मूल्य गुमाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।