एनआईसी एशियाको नयाँ शाखा बैतडीको पाटनमा

बैतडी– ग्रामीण तथा दुर्गम स्थानहरुका साथसाथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थिति थप बलियो बनाउँदै गएको बैंक एनआइसी एशिया बैंकले बैतडीको पाटनमा नयाँ शाखा सन्चालनमा ल्याएको छ । 

बैतडी जिल्ला पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा २६ भदौदेखि सन्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको  पाटन शाखाकोे समुद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरेका हुन् । यो शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

योसँगै बैंकले मुलुकभर २९८ शाखा कार्यालय, ३५५ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको छ । 





  • प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार ९:२९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया