साहरुख पत्नीले नै गरेकी थिइन् बाजिगरमा साहरुखको लुक डिजाइन

एजेन्सी– बलिउड फिल्म बाजिगरको गीत ‘ये कालीकाली आँखे’का लागि अभिनेता साहरुख खानको लुक डिजाइन उनकै पत्नी गौरी खानले गरेकी थिइन् ।

फिल्म बाजीगरबाट साहरुख खान र अभिनेत्री काजोलको एउटा तस्वीर सेयर गर्दै गौरी खानले यो खुलासा गरेकी हुन् । उनले ट्विट गरेकी छिन्, ‘विश्वास हुँदैन कि ९० को दशकमा मैले यो लुकको डिजाइन गरेको थिएँ । त्यो ह्यान्ड प्रिन्टेड जिन्स, बुलेट बेल्ट र रातो सर्ट ।’ खासमा गौरी खानले डिजाइनका लागि लामो सफर तय पनि गरेकी छिन् ।’ 

सन् १९९३ मा आएको प्रसिद्ध फिल्म बाजिगरको यो गीत काली काली आँखे चाहिँ अनु मलिकले कम्पोज गरेका थिए ।





  • प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार १०:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया