छोरी समलैंगिक भएको थाहा पाएपछि बाबुले गरे आत्महत्या

एजेन्सी– छोरी समलैंगिक भएको थाहा पाएपछि एक वृद्धले आत्महत्या गरेका छन् । भारतको यो घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । छोरी समलैंगिक भएको थाहा पाएपछि ती वृद्धले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् । 

फर्स बजारको विश्वास नगर क्षेत्रमा बस्ने ६० वर्षीय वृद्धाले आफ्नी कान्छी छोरी समलैंगिक भएको थाहा पाएका थिए । उनी अर्की एक युवतीसँग सम्बन्धमा रहेको थाहा पाएपछि ती वृद्धले आत्महत्या गरेका हुन् । 

केही दिनअघि आफ्नी छोरी र ती युवती नजिक भएको थाहा पाएपछि ती वृद्धले त्यसबारे सोधेका थिए । त्यसको जवाफमा ती युवतीले आफूले अर्की युवतीसँग विवाह गर्ने बताएकी थिइन् । त्यसपछि परिवारले आफन्तहरु बोलाएर उनलाई सम्झाउने प्रयास पनि गरेका थिए । तर, २० वर्षीया ती युवती आफ्ना कुरामा अडिग रहिन् । मंगलबार साँझ बाबुले अन्तिम पटक ती युवतीलाई सम्झाउने प्रयास गरेका थिए । तर, उनले नमानेपछि त्यही रात उनले आफूलाई गोली हानेर आत्महत्या गरेका हुन् । 

प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ । यही विषयमा ती बाबु र छोरीको ठूलै झगडा परेको पनि प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार १०:१४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया