जुन रेकर्ड फुटबलमा तोडिएका छैनन्

एजेन्सी– विश्वकै सबैभन्दा प्रिय खेलमध्ये एक हो फुटबल । वर्षौअघिदेखि खेलिँदै आएको यो खेलमा अनेक रेकर्ड बनेका छन् । 

तर, कतिपय रेकर्ड समयसमयमा तोडिँदै आएका पनि छन् । तर, कतिपय यस्ता रेकर्ड छन् जुन अहिलेसम्म तोडिएका छैनन् । पछिल्लो समय चम्किएका खेलाडीहरु मिरोस्लाभ क्लोज, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, नेइमार जुनियरहरुले पनि यी रेकर्ड तोडेका छैनन् 

तर, याद गर्नु पर्ने कुरा के हो भने यस्ता रेकर्ड फुटबलका महान हस्ती भनिने म्यारोडना, पेलेहरुले राखेका होइनन् । 

अहिलेसम्म नतोडिएको एउटा रेकर्ड हो, सर्वाधिक अन्तर्राष्ट्रिय गोल । इरानका खेलाडी अलि दाइले अहिलेसम्म १०९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । यो रेकर्ड कसैले पनि तोड्न सकेको छैन । तर, क्रिस्टियानो रोनाल्डो यो रेकर्डको नजिक पुग्न थालेका छन् ।

त्यस्तै, विश्वकपमा सर्वाधिक गोल गर्ने रेकर्ड पनि तोडिएको छैन । १६ गोल गरेर यो रेकर्ड जर्मनीका मिरोस्लाभ क्लोसले आफ्नो नाममा राखेका छन् ।

एउटै विश्वकपमा सबैभन्दा बढी गोल चाहिँ जस्ट फोन्टाइनीले गरेका छन् । इटालीका जस्टले एउटै विश्वकपमा १३ गोल गरेका थिए । युरोपियन लिगका लागि हुने छनोटमा राखिएका दुई रेकर्ड पनि अहिलेसम्म तोडिएका छैनन् । एउटै युरोपियन छनोटमा डेभिड हेली र रोबार्ट लेवन्दोस्कीले १३ गोल गरेर समान रेकर्ड बनाएका छन् । त्यस्तै लगातार पाँच खेलमा गोल गरेर मिसेल प्लाटिनीले रेकर्ड राखेका छन् ।



विश्व फुटबल पन्डितहरुले चाहिँ यी रेकर्ड अहिले तत्काल नतोडिने अड्कलबाजी गर्दै आएका छन् ।



  • प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार १०:२१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया