अमिताभ बच्चन स्वयंममा एक अवार्डः आयुष्मान

फिल्म विकी डोनरबाट आफ्नो अभिनय करिअर सुरु गरेका आयुष्मान खुरानालाई आठ वर्षको मेहनतपछि गत वर्ष आएको फिल्म ‘अन्धाधुन’का लागि राष्ट्रिय पुरस्कार मिलेको छ । 

यो पुरस्कार घोषणा भएपछि उनलाई खुसी लाग्नुका साथसाथै दबाब पनि महसुस भएको उनले बताएका छन् । ‘फिल्ममा काम गर्नुभन्दा पहिले तपाईं अवार्डहरुबारे सोच्नुहुँदैन,’ उनले भनेका छन्, ‘तर, अवार्ड मिलेपछि तपाईंलाई एउटा प्रोत्साहन हुन्छ ।’

आफूलाई सबैभन्दा पहिले स्क्रिप्टले नै लोभ्याउने गरेको उनले बताएका छन् । ‘मलाई पर्वाह हुँदैन कि निर्देशक तथा निर्माता र मेरा सहकलाकार को हुन्,’ उनले भनेका छन्, ‘ठूला वा पुराना निर्देशकले बनाएको फिल्म नराम्रो पनि हुनसक्छ वा नयाँ निर्देशकले बनाएको फिल्म अत्यन्त सफल पनि ।’

अहिलेसम्म आयुष्मान खुरानालाई बलिउडका अभिनेता अमिताभ बच्चनका दुई चिठी मिलिसकेका छन् । उनले पहिलो चिठी ‘दम लगाके हइशा’ र दोस्रो चिठी राष्ट्रिय पुरस्कार पाएपछि पाएका हुन् । 

यसबारे आयुष्मानले भनेका छन्, ‘मलाई बच्चन सरको चिठीको त सधैं पर्खाइ नै हुन्छ किनकि उहाँ आफैंमा एक अवार्ड हो ।’ 

यतिमात्र होइन, अब आयुष्मानले अमिताभ बच्चनसँग सुजित सरकारको फिल्म ‘गुलाबो सिताबो’मा काम गर्ने मौका पनि मिलेको छ । 





  • प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार १३:२०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया