ट्राफिक नियम नमानेको ट्रकलाई दुई लाख जरिवाना

एजेन्सी– पछिल्लो समय भारतमा नयाँ ट्राफिक नियमहरु लगाइएका छन् । यसबारे सामाजिक सन्जालमा तथा मुख्य मिडियाहरुमा पनि ठूलो बहस निम्तिएको छ । 

यहीबीच भारतका विभिन्न ठाउँमा ट्राफिक नियम नमान्नेहरुलाई ठूलो जरीवाना दिएका समाचार बाहिर आइरहेका छन् । 

टाइम्स अफ इन्डियामा शुक्रबार छापिएको एउटा समाचार चाहिँ अहिले सबैको चासो बनेको छ । समाचारअनुसार दिल्लीमा एउटा ट्रकलाई दुई लाख रुपैयाँको रसिद काटियो । भारतमा सबैभन्दा ठूलो जरिवाना लागेको यो पहिलो पटक हो । 

भारतको परिवहन विभागका अनुसार ट्रक ओभरलोड थियो र ड्राइभरसँग लाइसेन्स थिएन । त्यसैले यो रकमअनुसारको रसिद काटिएको थियो । 

त्यसो त यसभन्दा अगाडि नै अर्को एउटा गाडीलाई भारतीय ट्राफिकले चार लाखको रसिद पनि काटेको थियो ।





  • प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार १३:४०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया