एजेन्सी– भारतको मध्यप्रदेशमा शुक्रबार बिहान भएको डुंगा दुर्घटना भएको छ । सो दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
शुक्रबार बिहान साढे ४ बजे मध्यप्रदेशस्थित भूपालमा रहेको तलाउमा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । सो डुंगामा २० जना यात्रु सवार रहेको बताइएको छ ।
भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडआिरएफ)का अनुसार १२ जनाको शव निकालिएको र अन्य एकजनाको खोजी भइरहेको छ । अत्यधिक भारका कारण डुंगा दुर्घटना भएको जनाइएको छ ।
उक्त दुर्घटनामा ज्याउने गुमाएकाको परिवारलाई राज्य सरकारले ४० लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।