कपिल शर्माकी पत्नीबारे भारतीको यस्तो कमेन्ट

एजेन्सी– भारतमा कमेडी किङसमेत भनेर चिनिने कपिल शर्मा आजभोलि पारिवारिक जीवनमा खुब समय दिइरहेका छन् । त्यसो त अहिले उनकी पत्नी गिन्नी चतरथ गर्भवती भएको समाचारले पनि भारतीय मिडियामा स्पेस पाउँदै आएको छ । 

र, यही समयमा अर्की कलाकार भारती सिंहले उनको विषयमा केही भनेकी छिन् जुन अहिले भारतमा निकै प्रचार गरिएको छ । उनले कपिलपत्नी गिन्नीको तारिफ गर्दै भनेकी छिन्, ‘गिन्नी बहुतै शानदार छिन्, उनको घरमा हामी पुग्दा हामीलाई निकै मीठो खाना खुवाउँछिन् । कपिलको घरमा तीनजना कुक छन् । तर, गिन्नी आफैं खाना बनाएर हामीलाई दिन्छिन् ।’

भारतीले कपिललाई आफ्नो कामको सपोर्टका रुपमा पनि चित्रण गरेकी छिन् । उनले भनेकी छिन्, ‘म व्यस्त हुँदा कपिलले मलाई निकै समर्थन गरिरहेका हुन्छन् ।’

केही दिन पहिले कपिल शर्माले आफू बाबु बन्न लागेको विषयमा पनि बोलेका थिए । उनले भनेका थिए, ‘हाम्रो घरमा नयाँ सदस्य थपिने कुराले हामी सबै एक्साइटेड छौँ । हामी अब यसको तयारीमा लाग्न थालिसकेका छौँ ।’





  • प्रकाशित मिति : भदौ २८, २०७६ शनिबार ११:१७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया