आइटम मात्र होइन, अभिनय पनि गर्न सक्छुः नोरा

एजेन्सी– उनी प्रत्येकपटक स्क्रिनमा नयाँ स्वरुपमा भेटिन्छिन् । त्यसैले हुनुपर्छ, नोरा फतेहीको नाममा निकै धेरै हिन्दी हिट गीतहरु रहेका छन् । रक दी पार्टी होस् या कमरिया, दिलबर नै किन नहुन्, नोराले आफ्नो बेन्चमार्क बनाएकी छिन् । 

तर, अब उनी यही आइटम डान्समा मात्र सिमित हुन चाहँदिनन् । उनी त नयाँ करिअर बनाउने पक्षमा छिन् । ‘म आइटम डान्समात्र होइन, अभिनय पनि गर्न सक्छु,’ उनले भनेकी छिन्, ‘सायद अब दर्शकहरु पनि मलाई अभिनयमा हेर्न आतुर छन् । म त्यसलाई पूरा गर्न चाहन्छु ।’

तर, नोराले गरेको यो पहिलो अनाउन्समेन्ट चाहिँ होइन । उनले यसअघि पनि दुई फिल्ममा काम गरेकी छिन् । तर, ती दुवै फिल्मले खासै राम्रो गर्न सकेका छैनन् । ‘तर, मैले हार मानेकी छैन,’ उनले भनेकी छिन्, ‘म त्यति बेलाको भन्दा त अहिले धेरै राम्री भइसकेकी पनि छु ।’





  • प्रकाशित मिति : भदौ २८, २०७६ शनिबार १९:२२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया